संसारका सुप्रसिद्ध विद्वानको दृष्टिमा- इस्लाम
ibrahim संसारका सुप्रसिद्ध विद्वान र बुद्धिजिवीको दृष्टिमा मुहम्मद सल्ल० को बारेमा के कस्ता धारणाहरु राख्दछन् त यस सम्बन्धमा तल हेरौं।
नेपोलियन वोनापार्टः- "त्यो दिन टाढा छैन कि सबै देशका राजनीतिज्ञहरु मिलेर कुरआनको सिद्धान्त अनुसार एकै किसिमको शासन अपनाउन सक्छन्। कुरआनको शिक्षा र उसको सिद्धान्त सत्यमा आधारित छ र मानव जातिलाई खुशी र खुसियाली र सम्पन्नता दिलाउने किसिमको छ अतः ईश्वरद्वारा चुनिएका रसूल मुहम्मद सल्ल० र उनि माथि अवतरित गरिएको पुस्तक कुरआनमा मलाई गर्व छ र म वहाँको सेवामा श्रद्धान्जली अर्पण गर्दछु ।"
महात्मा गान्धीः- ‘‘मैले कुरआनलाई अनेक पटक ध्यान पुर्वक अध्ययन गरे, सत्य र अहिंसाको शिक्षा त्यसमा देखेर मलाई धेरै खुशी लाग्यो।’’
डा. सेमुअल जांनसनः- वहाँले आफ्नो विश्व प्रशिद्ध पुस्तक ‘ओरियन्टल रीलीजेन्स’ मा लेख्नु हुन्छ; कुरआन न गद्य हो न पद्य फेरि पनि त्यसमा गद्यको छन्द पनि आउँछ र पद्यको सौंन्दर्य पनि। त्यो न इतिहास हो न कसैको जीवन चर्या, फेरि पनि नसिहत र शिक्षाको दृष्टिले त्यो सबैभन्दा प्रभावकारी छ।
हजरत मूसाको तौरात एकै पटक प्राप्त भएको थियो, तर…कुरआन एकै समयमा अवतरण भएको होइन र न एकै समयमा पेश गरिएको थियो। प्लेटोको किताबमा सर्वेक्षण र अनुसन्धानको तरीका अपनाइएको थियो तर कुरआनका तरीका र उसको शैली स्वयं उसको आफ्नो छ। यो एउटा आह्वानकर्ताको पुकार हो। तत्वदर्शिताले भरिपूर्ण, खुब मेहनत गर्न जोश उत्पन्न गर्ने, अनुशासन पालन गर्नमा जोड दिने किसिमको पुस्तक हो। आफ्नो सन्देशको विरोध गर्नेलाई चुनौति दिनेवाला पुस्तक, दर्द र सहानुभूतिको साथ उनिहरुलाई सम्झाउनेवाला, पुस्तक यो यति ज्ञानपूर्ण र व्यापक छ कि हरेक देश र हरेक युगका मानिसले जानी वा नजानी, ईच्छित वा अनिच्छित यस शिक्षाको प्रभावमा आफुलाई आत्मा समर्पण गर्न विवश गराउँछ। यसको प्रतिध्वनि सदनमा पनि सुन्न सकिन्छ र रेगिस्तानमा पनि, शहरमा पनि सुन्न सकिन्छ र गाउँमा पनि। विना कुनै भेदभाव हर व्यक्तिमा यसको छाप परेको पइन्छ।
डा.सेमुअल अझै भन्नुहुन्छ, पहिले यस किताबले आफ्नो सन्देश आपनाउने वालाको दिललाई गर्मायो, फेरी उनिहरुलाई एक सामुहिक आन्दोलनमा परिवर्तन गर्यो। यो आन्दोलन तुफान जस्तै उठ्यो र ईरान तथा एसियाको विभिन्न देश हुँदै टाढा-टाढासम्म फैलियो। वहाँ जुन निर्णयात्मक विचार धारा थियो, त्यो आन्दोलनले आफ्नो कब्जामा समेटी दियो र अन्धकारमा रुमलिएको समाजलाई ज्ञान र बुद्धिमताको शिक्षा दियो।
कुरआन मजीदको पहिलो अंग्रेजी अनुवादक मिस्टर राडुवेल ले आफ्नो भूमिकामा कुरआन मजीदको प्रशंसा यसप्रकार गरेका छन् ; ” अरबका अशिक्षित, घमण्डी, असभ्य मानिसहरुलाई केही समयमै संसारको नेतृत्व र योग्य शासक यस पुस्तकले बनायो। मानौं कुनै जादुवालाले जादुको छडी घुमायो र एक महान क्रान्ति अरबमा तुरुन्तै आयो।”
१ जनवरी १९४५ ई. मा श्रीमति सरोजनी नायडुले मुस्लिम इन्स्टीट्युट हाल कलकत्तामा वहाँले श्रद्धाञ्जली यस शब्दमा पेश गर्नुभयो-”कुरआन मजीद शिष्टाचार र न्यायको घोषणा-पत्र हो, स्वतन्त्रताको चार्टर हो, व्यवहारिक जीवनमा सत्य एवं न्यायको शिक्षा दिनेवाला कानूनको महान पुस्तक हो।
कुरआन बाहेक अरु कुनै धार्मिक पुस्तक जीवनको सम्पूर्ण क्षेत्रमा र हरेक पक्षमा, व्यवहारिक व्याख्या र समस्या समाधान गर्न सक्दैन।
जर्मनका विद्वान गोयटेले भन्नुभयो; “जब म कुरआन हेर्छु त नयाँ नयाँ शब्दको अर्थ उल्झन खुल्दै जान्छ। यो पुस्तकलाई अध्ययन गर्नेहरुलाई बिस्तारै बिस्तारै आफूतर्फ तान्दै लान्छ र अन्तमा उसको मन-मस्तिष्कमा छाउँछ ।”
प्रशिद्ध इतिहासकार गिब्नले यस शब्दमा श्रद्धाञ्जली व्यक्त गर्नुभएको छः- एकेश्वरवादको स्पष्ट शब्दमा बयान गर्नेवाला र हृदयमा एकेश्वरवादको छाप लगाउनेवाला महान पुस्तक कुरआन मजीद हो।
इन्साइक्लोपेडिया अफ ब्रिटेनका सम्पादकले पनि हजरत मुहम्मद सल्ल० लाई उनको सेवामा श्रद्धाञ्जली प्रस्तुत गरेकाछन्; ‘‘संसारमा सबैभन्दा धेरै अध्ययन र कण्ठस्थ गरिनेवाला पुस्तक कुरआन मजीद हो। यो विशेषता संसारको अन्य कुनै पनि धार्मिक पुस्तकलाई प्राप्त छैन।