Thursday, August 4, 2011

रोजा (ब्रत)


रोजा (ब्रत) इस्लामको चौथो स्तम्भ हो र रोजा(ब्रत) राख्नसन् २ हिजरी देखि अनिवार्य भयो । रसूलुल्लाह सल्ल.को भनाई छः-जसले ईमान र पुण्यकोलागि रोजा(ब्रत) राख्दछन् उसको सम्पूर्ण पापहरु अल्लाहले माफ गर्नुहुन्छ । (हदीस-मुस्नदअहमद)
अझ अर्को थप पुष्टी गर्दै हजरत मुहम्मद सल्लल्लाहु अलैही व सल्लम.भन्नुहुन्छः-अल्लाह तआलाले भन्नुहुन्छ मानिसको हर कार्य उसको लागि हो तर रोजा (ब्रत) मेरो लागि हो र म त्यसको बदला दिन्छु ।(हदीस- मुस्नदअहमद रमुस्लिम)
रोजा(ब्रत) दुई किसिमको हुन्छ । फर्ज(अनिवार्य) र नफिल(अनिवार्य नभएकोअर्थात गरे पुण्य नगरे पाप पनि हुँदैन) फर्ज रोजा(ब्रत) तिन किसिमको हुन्छ
(
१)रमजान महिनाको रोजा (२) कफ्फरा (प्रायश्चित) को रोजा(ब्रत) (३) मन्नत(भाकल)कोरोजा(ब्रत) ।
बिहानदेखि सूर्यास्तसम्म खानपीन नगर्नुलाई रोजा(ब्रत) भनिन्छ । सन्२ हिजरीमा रमजानको महीना भरिको रोजा(ब्रत) राख्नु सर्वप्रथम मुसलमानहरुका लागिअनिवार्य गरिएको थियो । प्रत्येक बालिग र होश भएको र रोजा(ब्रत) राख्न सक्षमव्यक्तिले रमजानको महीना भरी रोजा(ब्रत) राख्नुपर्दछ । जानीजानी एउटा पनिरोजा(ब्रत) छाड्नु हुँदैन