रोजा नराख्नेवालाव्यक्तिको परिणामः-जानी बुझि रमज़ानको रोजा नराख्नु महापाप हो । हज़रतअबू उमामा रजि० भन्नुहुन्छ,- मैले अल्लाहको रसूल मुहम्मद सल्लल्लाहु अलैही वसल्लमले भनेको सुनेको थिए-“म सुतेको थिए स्वप्नमा मेरो नजिक दुई जनाफरिश्ता आए जसले मेरो पाखुरामा समातेर उठाए र एक कठिन पहाडमा लगेर मलाई त्यसमाचढ्नु भने । मैले भनेः म त्यसमा चढ्न सक्दिन । उनिहरुले भनेः तपाई प्रयाश गर्नुहोस्हामी तपाईको मद्दत गर्छौं । मैले त्यसमा चढ्न शुरु गरे, यहाँसम्म कि त्यो पहाडकोटाकुरामा पुगें त मैले त्यहाँ चिच्याउने र रुने आवाज सुने । मैले सोधेः यो रुने रचिच्याउने आवाज कस्को हो ?उनीहरुले उत्तर दिएः यो नर्क(जहन्नम) वासीको रुने रचिच्याउने आवाज हो । फेरि मलाई अगाडि लगे जहाँ मैले केही व्यक्तिलाई उधोमुन्टोपारेर झुण्ड्याएको देखे, जसको नाकको नाथ्री चिरिएको थियो त्यसबाट रगत बगिरहेको थियो। मैले सोधेः यी कस्ता व्यक्ति हुन ? उनले उत्तर दिएः यिनीहरु यी व्यक्ति हुन जसलेरोजाको दिनमा खान पिन गर्दथे ”। (सहीह अत्तरगीब वत्तरहीब)
अन्तमा यसरमज़ान पर्वको सुवर्ण अवसरमा सम्पूर्ण नेपाली दाजु-भाई तथा दिदी बहिनीहरुमा